सुनको भाउ सात सयले घट्यो

कार्तिक २०, काठमाडौँ । केही दिन देखी उकालो र ओरालो झर्ने क्रम जारी रहको सुनको भाउ आज साताको अन्तिम दिन शुक्रबार ओरालो लागेको छ । । आज सुनको भाउ तोलामा ७ साय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   

छापावाल सुन आज तोलामा ७ सय रुपैयाँ घटेर प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । त्यसैगरी आज तेजावी सनमा पनि तोलामा ७ सय रुपैयाँ घटेर प्रतितोला ६९ हजार ६ सयमा कारोबार भईरहेको महासंघले जनाएको छ ।   

महासंघका अनुसार शुक्रबार चाँदीको भाउमा पनि तोलामा १५ रुपैयाँ घटेर प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ ।   

Image result for सुनको भाउ सात सयले घट्यो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *