राष्ट्रिय खेलाडी मध्यराति नाइटक्लब जाँदा सँगैका प्रशिक्षक र व्यवस्थापक कहाँ थिए ?

मंसिर २, काठमाडौँ । एन्फाका पूर्वअध्यक्ष गणेश थापाले राष्ट्रिय टिमका चार खेलाडी मध्यरातमा ठमेलको नाइट क्लबमा भेटिनुमा प्रशिक्षक र व्यवस्थापक जिम्मेवार रहेको बताएका छन् ।
हालै मात्र राष्ट्रिय टिमका चार खेलाडीलाई मध्यराति ठमेलको एक नाइटक्लबमा भेटिएको भन्दै एन्फाले कारबाही गरेको विषयमा पूर्वअध्यक्ष थापाले आफ्नो धारणा सामाजिक सञ्चाल फेसबुकमार्फत सार्वजनिक गर्दै जुन दिन राति खेलाडीहरू बाहिर गएका थिए त्यो बेलामा प्रशिक्षक तथा व्यवस्थापक खेलाडीहरु बसेको ठाउँमा थिए कि थिएनन् भन्ने विषयमा पनि गम्भीर छानबिन हुनु जरुरी रहेको बताएका छन् ।
उनका अनुसार खेलाडीहरु बसेको ठाउँमा प्रशिक्षक तथा व्यवस्थापक रहनु पर्ने अनिबार्य भएको र उक्त समयमा खेलाडीहरु मात्रै क्लबमा भेटिएकाले खेलाडीहरु जति दोषी छन् त्यति नै व्यवस्थापकहरु तथा प्रशिक्षकहरु पनि दोषी रहेको उनले उल्लेख गरेका छन् ।
शुक्रबार राति मध्यराति ठमेलस्थित एक नाइटक्लबमा भेटिएपछि नियम विपरित गएको भन्दै अखिल नेपाल फुटवल संघ (एन्फा)ले शनिबार फरवार्ड विमल घर्तिमगरसहित चार जना खेलाडीलाई राष्ट्रिय टिमबाट हटाएको थियो । फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनौट प्रतियोगिताअन्तर्गत कुवेतविरुद्धको खेलका लागि राष्ट्रिय टिममा परेका चार जना फुटबलरलाई अनुशासनहिन काम गरेको भन्दै कारबाही गरिएको हो ।
(एन्फा)ले फरवार्ड विमल घर्तीमगर, मिडफिल्डरद्वय अञ्जन विष्ट र सन्तोष तामाङ तथा डिफेन्डर दिनेश राजवंशीलाई अनुशासनहिन काम गरेको भन्दै राष्ट्रिय टिमबाट हटाएको थियो । मंगलबार भोलि भुटानको राजधानी थिम्पुमा हुने खेलमा सहभागी हुने टोलीका उनीहरु जाने आघिल्लो दिन क्लबमा भेटिएका हुन्
पूर्वअध्यक्ष थापाले फेसबुकमा पोस्ट गरेको स्ट्याटस जस्ताको तस्तैः








