भरतपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

कात्तिक ३०, चितवन । जितवनको भरतपुर महानगरपालिका–१ ठिमुरास्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।   

रामनगरबाट ठिमुरातर्फ जाँदै गरेको ना १५ प ५१४१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालक सोही ठाउँका ३५ वर्षीय डिल्लिराम गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ ।   

प्रहरीका अनुसार दुर्घटनामा घाइते गौतमको उपचारका क्रममा जिल्ला अस्पताल भरतपुरमा मृत्यु भएको हो । मृतकको शव सोही अस्पतालमा रहेको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =