आज फाल्गुनन्द जयन्ती, कमल गाउँपालिकामा सार्वजनिक बिदा

कात्तिक २५, काठमाडौँ । राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको जन्म जयन्ती आज (सोमबार) मनाईँदै छ । राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको  १३५ औंँ जन्म जयन्ती आज (सोमबार) मनाईँदै छ ।  

महागुरु फाल्गुनन्दको जन्मजयन्ती पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम झापालगायतका पूर्वी पहाडी जिल्लामा धार्मिक अनुष्ठान, पूजापाठलगायतका कार्यक्रम आयोजना गरी मनाउने गरिएको छ ।   

किराँत धर्मावलम्बीको महागुरु फाल्गुनन्दको जन्म विसं १९४२ कात्तिक २५ गते इलामको चुक्चिनाम्बामा भएको थियो भने विसं २००५ चैत २२ गते पाँचथरको सिलौटीमा उनले देहत्याग गरेका थिए । किराँत समुदायमा माँसाहारी, मदिरापान र सुर्तीसेवन बन्द गराउन दिएको सन्देशका कारण उनलाई महान् समाज सुधारक मानिएको छ । उनको योगदानको सम्मानमा नेपाल सरकारले २०६६ मङ्सिर १६ गते विभूति घोषणा गरेको थियो ।   

null

यसैबीच राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्म जयन्तीको अवसरमा सोमबार झापाको कमल गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाका प्रशासकीय अधिकृत सुवास श्रेष्ठले गाउँपालिका क्षेत्रभित्रका सबै सामुदायिक, संस्थागत विद्यालय र स्वास्थ्य संस्थामा स्थानीय बिदा दिइने निर्णय गरेको सूचना जारी गरि जनाएको छ ।   

त्यस्तै फाल्गुनन्द जयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्नसकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गर्दै शुभकामना दिएकी छिन् ।   

आज एक शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले फाल्गुनन्दले किराँत धर्म र संस्कृतिमा महत्वपूर्ण योगदान पुर्याएकामा उच्च कदर गर्दै सरकारले उनलाई राष्ट्रिय विभूति घोषणासमेत गरेको राष्ट्रपति भण्डारीले स्मरण गरेकी छिन् ।   

उनले फाल्गुनन्दको प्ररणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्वास आफूले लिएको उल्लेख गरेकी छिन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *