सुनसँगै चाँदीको मूल्य पनी घट्यो

कार्तिक १९, काठमाडौँ । मंगलबार सुनसँगै चाँदीको मूल्यपनी घटेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । 

मंगलबार छापावाल सुनको मूल्यमा तोलामा २ सय रुपैयाँ घटेर प्रतितोला ७० हजार ८ सयमा कारोबार भईरहेको महासंघले जनाएको छ ।  त्यसैगरी महासंघका अनुसार तेजावी सुन पनि सोमबारको तुलनामा मंगलबार तोलामा २ सय रुपैयाँ घटेर प्रतितोला   ७० हजार ५०० मा बिक्री बितरण भईरहेको छ ।   

मंगलबार चाँदीको मूल्यमा पनी तोलामा  ५ रुपैयाँ घटेको महासंघले जनाएको छ । सोमबार प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ८ सय ६५ मा कारोबार भईरहेको महासंले जनाएको छ ।   

Related image

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *