आलम बम काण्डः थुनछेक बहस सकियो, आजै फैसला हुने

कार्तिक २९, रौटहट । बम काण्डमा पक्राउ परेका नेपाली काँग्रेसका निलम्बित सांसद आफताब आलमको थुनछेक बहस शुक्रबार सकिएको छ । 

रौतहटको राजपुरमा बम विस्फोटको आरोपमा पक्राउ परेका आलमको  जिल्ला अदालत रौतहटमा  एक हप्ता भन्दा बढी समय देखी चलिरहेको थुनछेक बहस आज सकिएको हो ।   

गत कात्तिक २१  देखी सुरु भएको उनको थुनछेक  बहस धेरै कानुन व्यवसायीहरुले बहस गर्ने भएपछी लम्बिएको थियो । उनको थुनछेक बहस सकिएसँगै आजै फैसला हुने  जिल्ला अदालत रौतहटले जनाएको छ । जिल्ला न्यायाधीश दीपक ढकालको चार नम्बर इजलासमा आलम पक्षका एकजना वरिष्ठ अधिवक्तासहित पाँचजना अधिवक्ताहरुले शुक्रवार बहस गरेका थिए ।   

Image result for आलम बम काण्डः

आज हुने फैसलामा आलमलाई साधारण तारेखमा रिहा गर्ने वा पुर्पछका लागि हिरासतमा पठाउने निर्णय हुनेछ ।  उनको फैसला आजै आउने भएपछी सदरमुकाम गौरको सुरक्षा व्यवस्था कडा पारिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *