जलविद्युत् परियोजनामा अहिलेसम्मकै ठूलो लगानी, माथिल्लो त्रिशुली–१ का लागि ५० अर्बको सम्झौता

कार्तिक १५, काठमाडौं । २ सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना निर्माणका लागि आज (शुक्रबार) अन्तर्राष्ट्रिय ऋणदातासँग लगानी सम्झौता भएको छ ।   

आयोजना प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा ९ वटा अन्तर्राष्ट्रिय ऋणदाताहरूसँग लगानी सम्झौता गरेको हो ।   

सम्झौतामा प्रवद्र्धक कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बो सक इ र सम्बन्धित वित्तीय संस्थाकाप्रतिनिधिहरुले हस्ताक्षर गरे । 

प्रवर्द्धक कम्पनीका अनुसार निर्माण अवधिसम्मको ब्याजसमेत गरी कुल ६४ करोड ७३ लाख अमेरिकी डलर लागत अनुमान गरिएको सो आयोजना निर्माणमा विदेशी लगानीकर्ताको ४५ करोड ३२ लाख अमेरिकी डलर ऋणका रूपमा भित्रिन लागेको हो । ३० प्रतिशत स्वपुँजी कम्पनीले लगानी गर्नेछ। 

विश्व बैक समूहको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले १६ करोड १३ लाख, एसियाली विकास बैक (एडिबी) ले ६ करोड, एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) ले ३ करोड ९६ लाख, कोरियाली निर्यात–आयात बैक (केएक्जिम) ले १० करोड, कोरिया डेभलप्मेन्ट बैक (केडिबी) ले ३ करोड ८ लाख डलर आयोजनामा ऋण लगानी गर्ने छन् । 

यसैगरी, सिडिसी ग्रुपपिएलसी (सिडीसी) को २ करोड १९ लाख, नेदरल्याण्ड डेभलप्मेन्ट फाइनान्स कम्पनी (एफएमओ) को १ करोड ५४ लाख, फे्रन्च डेभलप्मेन्ट फाइनान्सियल इन्ष्टिच्यूसन (प्रोपारको) १ करोड १० लाख र अन्तर्राष्ट्रिय विकासका लागि ओपेक फण्डको (ओएफआईडी)  १ करोड ३२ लाख डलर ऋण लगानी रहने छ । द बैक अफ न्यूयोर्क मेलनले ‘अफसोर एकाउण्ट’ र नेपाल इन्भेष्टमेन्ट बैकले ‘अनसोर एकाउण्ट’ बैकको रुपमा काम गर्ने छन् । 

आयोजनाबाट वार्षिक रुपमा १ अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुनेछ ।   

रसुवाको सदरमुकाम धुन्चे र मैलुङको बीचमा पर्ने हाकुमा आयोजना निर्माण हुन लागेको सो आयोजनाका कोरियन लगानीकर्ता र ती बैंकहरुबीच सम्झौता भएको हो । ती दाताहरुले ७ प्रतिशत ब्याजमा ऋण प्रदान गरेका हुन्।   

सम्झौतालगत्तै लगानी स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा आवेदन दिने तयारी छ । निर्माण अवधि ५ वर्ष रहेको छ। 

वार्षिक १ हजार ५०१ मेगावाट आवर विद्युत् उत्पादन लक्ष्य राखिएको सो आयोजनामा ७२ मेगावाट क्षमताका तीनवटा युनिट रहनेछन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *