छापा हाइलाइटः कालापानीमा जमिन, सुस्तामा जीवन खोसीयो, मन्दिर बनाउन खोज्दा तुमको कितना भगवान चाहिए भन्दै लखेटे

कात्तिक, २२ काठमाडौँ । राजधानी काठमाडौँबाट प्रकाशन हुने दैनिक पत्रपत्रिकाहरु अधिकांशले भारतले सीमा मिचेको विषयलाई नै आजको फ्रन्ट पेजको मुख्य समाचार बनाएका छन् ।   

आजको नयाँ पत्रिका दैनिकले ‘कालापानीमा जमिन, सुस्तामा जीवन खोसियो’ शीर्षकमा आजको मुख्य समाचार छापेको छ । नयाँ पत्रिकाका ‘अनुसार नारायणी पारि सुस्तामा तीन हजार नेपालीको बसोबास छ ।  

तीमध्ये धेरैको लालपुर्जा छैन । जोसँग लालपुर्जा छ तिनको जमिनमा भारतीयले खेती गर्छन । भारतीय सुरक्षाकर्मीको आडमा सीमापारिका बासिन्दाले नेपालीलाई त्रासमा राखेका छन् । कहिले कुटपिट गर्छन्, कहिले घरमै आगो लगाइन्छ । भारतबाट प्रताडित र नेपालबाट उपेक्षित सुस्ताको जीवन संधै आपतबिपतमा छ ।’ नयाँ पत्रिका दैनिकले लेखेको छ । 

त्यसैगरी आजको अन्नपूर्ण पोस्टले ‘नक्सा अस्वीकार्यः सरकार’ र ‘विवाद समाधान गर्न भारत तयार’ शीर्षकमा भारतले सीमा मिचेको विषयलाई नै मुख्य समाचारको रुपमा फ्रन्ट पेजमा समाचार छापेको छ ।   

उता नेपाल समाचारपत्रले पनि ‘नेपालको सीमा नमिचेको भारतको दाबी’ शीर्षकमा नेपाली भूमि अतिक्रमणकै समाचार छापेको छ । नागरिक दैनिकले पनि ‘पश्चिमी सीमामा सधैँ समस्या’ शीर्षकमा समाचार छापेको छ । 

आजको कान्तिपुर दैनिकले ‘भारतले कालापानीवरै पनि मन्दिर बनाउन दिएन’ शीर्षकमा समाचार छापेको छ । कान्तिपुरका अनुसार मन्दिर बनाउन लागेका नेपालीलाई ‘भगवान तो एक ही है, तुमको कितना भगवान चाहिए ?’ भन्दै मन्दिर बनाउन नदिइ फर्काइदिएका थिए ।   

आजका पत्रपत्रिकाले आगामी मंसिरमा हुने उपनिर्वाचनका लागि राजनीतिक दलले उम्मेदवारी दिएको विषयलाई पनि मुख्य समाचारको रुपमा छापेका छन् ।   

पत्रपत्रिकाको फ्रन्ट पेज जस्ताको तस्तै ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *