समुदाय प्रहरी कार्यक्रम अर्न्तगत जनचेतना मुलक कार्यक्रम

कातिक २१, विराटनगर ।   मोरङको उर्लाबारीमा राजघाट प्रहरी चौकी मोरङको आयोजनमा जन चेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।   

मंगलबार उर्लाबारी नगरपालिका ८ को सिसौली टोलमा राजघाट प्रहरी चौकीको आयोजनामा समुदाय प्रहरी कार्यक्रम अन्तर्गत जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो ।   

ऐ वडाका वडा सदस्य अग्नि प्रसाद सुब्बाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमा स्थानिय, बुद्धिजिवी, पार्टी प्रतिनिधी लगायतका भेलामा घरेलु हिंसा, महिला हिंसा, लागु औषध दुर्व्यसनी तथा बालविवाह बहु बिवाह जस्ता विषयमा छलफल भएको थियो । 

भने उक्त कार्यक्रममा राजघाट  प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक सानुराम कार्कीले घरेलु हिंसा, बहु बिवाह तथा लगायका विषयमा सहजिकरण गरेका थिए ।  त्यस्तै उर्लाबारी नगरपालिका १ को सारदा टोलमा  मंगलबार ईलाका प्रहरी कार्यालय उर्लाबारीको आयोजनमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ । 

ऐ वडाका वडा सदस्य गम्भिर प्रधानको संयोजकत्वमा जनचेतना मुलक कार्यक्रक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा घरेलु हिंसा, लागु औषध, बाल बिवाह, बहुविवाह लगायतका विषयमा ईलाका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी निरिक्षक सुभाष राईले सहजिकरण गरेका थिए । जनचेतना मुलक कार्यक्रमसँगै टोल समिति गठन कार्यक्रम पनि सम्पन्न भएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *