अफ्ताबकै भाइ डा.अख्तरले घाइतेलाई दिएका थिए बेहोस हुने इन्जेक्सन

कात्तिक २२, काठमाडौँ । १२ वर्षअघि रौतहट राजपुर फरहदवा–४ स्थित शेख इद्रिसको टहरोमा भएको बम विस्फोटमा घाइते भएकाहरूलाई इन्जेक्सन लगाई बेहोस पार्ने डाक्टरको परिचय खुलेको छ ।   

घाइतेलाई इन्जेक्सन लगाई बेहोस बनाउने कार्यमा सांसद मोहम्मद अफ्ताब आलमका काकाको छोरा डा.समिम अख्तर संलग्न रहेको प्रहरी स्रोतले जनाएको छ । अख्तर हाल रौतहटको गौरमा कांग्रेसका पुराना नेता शेख इद्रिस खालिहानको नाममा ‘श्री शेख इद्रिस डाइग्नोस्टिक सेन्टर’ क्लिनिक सञ्चालन गरेर बसेका छन् ।   

डा.अख्तरले पाकिस्तानबाट एमबिबिएस अध्ययन गरेका हुन् । तर, प्रहरीले इन्जेक्सन लगाई बेहोस बनाउने कार्यमा संलग्न अभियुक्तबारे भने अनुसन्धान अघि बढाएको छैन । इन्जेक्सन लगाउने कार्यमा संलग्नहरूको सम्बन्धमा सूचना प्राप्त नभएकाले अनुसन्धान अघि नबढाएको प्रहरीको भनाइ छ ।   

null

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी भूपेन्द्र खत्रीले इन्जेक्सन लगाई बेहोस बनाउने कार्यमा संलग्न हुनेहरूको सम्बन्धमा सूचना प्राप्त नभएको बताए । अब भने यस सम्बन्धमा पनि अनुसन्धान अघि बढाइने उनले बताए ।   

‘विस्फोटका घाइतेलाई इन्जेक्सन लगाएर बेहोस बनाएको र पछि इँटाभट्टामा लगेर जलाएको जानकारीमा छ । तर, कसले इन्जेक्सन लगाएको हो रु त्यस सम्बन्धमा भने सूचना थिएन । अब सूचना संकलन गर्ने कार्यमा प्रहरी अघि बढिसकेको छ,’ एसपी खत्रीले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *