गरिमा विकास बैंकले १६.१५ प्रतिशत बोनश शेयर प्रस्ताब गर्याे

कात्तिक १५, काठमाडौं । गरिमा विकास बैंकले १६.१५ प्रतिशत बोनश शेयर र नगद लाभांशको घोषणा गरेको छ । बैंकको हिजो बिहिबार बसेको सञ्चालक समितिको २३४ औं बैठकले आर्थिक वर्ष ०७५/०७६ को सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई शेयर तथा नगद लाभांश प्रस्ताव गरेको हो ।   

बैंकको हाल कायम रहेको चुक्ता पुँजी २ अर्ब ७८ करोड ८३ लाख ६७ हजार ९ सय ९६ पैसा १८ को १७ प्रतिशतले हुन आउने लाभांश रकम रु ४७ करोड ४० लाख २२ हजार ५ सय ५९ पैसा ४५ मध्ये १६.१५ प्रतिशतले हुन आउने रकम ४५ करोड ३ लाख २१ हजार ४ सय ३१ पैसा ४८ बराबरको बोनश शेयर र उक्त बोनश शेयरमा लाग्ने कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.८५ प्रतिशतले हुन आउने रकम नगद लाभांशको प्रस्ताव पास गरेको हो । जस अनुसार बैंकले नगद लाभांशमा २ करोड ३७ लाख १ हजार १ सय २७ पैसा ९७ रुपैंया नगद लाभांशको प्रस्ताव गरेको बैंकले जनाएको छ ।   

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकमा स्वीकृत भएर आएपछि विकास बैंकको १३ औं बार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।   

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *