ट्रकको ठक्करबाट एकको मृत्यु एक घाइते

कार्तिक २२, बारा। बारामा शुक्रबार बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने सोही मोटरसाइकलमा सवार अर्का व्यक्ति घाइते भएका छन् । 

बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६, पसाहामा बिहान करिब सात बजेको समयमा ना ६ ख ७०६७ नम्बरको ट्रकले बा ८८ प ४८५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ उक्त दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार ठक्कर दिने  चालकलाई पक्राउ गरिसकिएको छ भने दुर्घटनामा परी ज्यान गुमाएका उक्त व्यक्तिको सनाखत हुन बाँकी रहेको छ । 

Image result for ट्रकको ठक्करबाट एकको मृत्यु

घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *