पारा प्रशिक्षक जापान जाने

मंसिर १, काठमाडाैं । राष्ट्रिय पारालिम्पिक कमिटी, नेपालले २०२० मा जापानको राजधानी टोकियोमा हुने पारालिम्पिकलाई मध्यनगर गरेर आयोजना भएको प्रशिक्षण कार्यक्रममा दुई जना प्रशिक्षकको विदाई गरेको छ ।   

जुडो र पारा भारोत्तोलनका प्रशिक्षकले २० देखि २२ नोभेम्बरसम्म टोकियोमा हुने एडिटोड फाउन्डेसन र अन्तर्राष्ट्रिय पारालिम्पिक कमिटीको आयोजनाम हुने रोड टु गेम कार्यक्रम अन्तर्गत भएको विशेष प्रशिक्षण कार्यक्रममा सहभागीता जनाउन लागेको हुन् । 

राष्ट्रिय पारालिम्पिक कमिटी नेपालकी अध्यक्ष राधा घलेले सहभागी टोलीको आइतबार विदाई गरिन् । सो कार्यक्रममा पारा भारोत्तोलनतर्फ सञ्जय महर्जन र पारा जुडोतर्फ मोहन सुनुवारले सहभागीता जनाउन लागेका हुन् । 

null

विदाई कार्यक्रममा राष्ट्रिय पारालिम्पिक कमिटी नेपालका उपाध्यक्ष तथा नेपाल पारा भारोत्तोलन संघका अध्यक्ष टेकबहादुर गुरुङ र कोषाध्यक्ष ओमनाथ शिवाकोटीको सहभागीता थियो । २५ अगस्टदेखि ६ सेप्टेम्बरसम्म हुने जापानमा पारालिम्पिक हुँदै छ ।   

ओलम्पिक सम्पन्न भएपछि सोहि स्थानमा पारालिम्पिक हुने गर्दछ । संघकी अध्यक्ष घरेलले अपाङ्गगता भएका व्यक्तिहरुको व्यक्तित्व विकास गर्न प्रशिक्षकको भूमिका महत्वपूर्ण हुने बताउँदै नेपालमा अपाङ्गगता भएकाहरुलाई खेलकुदमा समावेश गर्नका लागि धेरै भन्दा धेरै प्रशिक्षक उत्पादन गर्नुपर्ने बताइन् । 

उपाध्यक्ष गुरुङले स्रोत साधान जुटाएर  पारा खेलाडीका लागि प्रशिक्षणको व्यवस्था मिलाई टोकियो ओलम्पिकका लागि तयारी गरिरहेको बताए । ओमनाथ शिवाकोटीले पारा खेलाडीका लागि सबैको साथ र सहयोग आवश्यक रहने बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *