सुराकीको आधारमा झापाबाट गाँजासहित दुई पक्राउ

कार्तिक १९, झापा । प्रहरीले बिशेष सुराकीको आधारमा झापाबाट प्रतिबन्धित लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । 

प्रहरीको अनुसार  झापाको गौरीगञ्ज गाउँपालिकाबाट प्रतिबन्धित लागूऔषध गाँजासहित गौरीगञ्ज–३ का ५७ वर्षीय देव नारायण महतो र गौरीगञ्ज–४ का ५० वर्षीय बुदलाल राजवंशीलाई पक्राउ गरिएको हो । 

घरबाट नै गाँजाको बेचबिखन गर्ने गरेको  सुराकी प्रहरीले पाएपछी उनीहरुको घर खानतलासी गर्ने क्रममा लागूऔषध सहित उनीहरुलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हाे ।   

Image result for दुई पक्राउ

प्रहरीका अनुसार पक्राउ परेका महतोको घरबाट  ५ सय ग्राम गाँजा र नगद १ हजार ३ सय ५० बरामद गरेको छ भने राजवंशीको घरबाट २ किलो १२५ ग्राम गाँजा तथा नगद ६ सय बरामद गरिएकाे छ । 

पक्राउ परेका दुबैमाथी कारवाहीको लागि अघी बढाई अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *