बीरगञ्जबाट अवैध रकम सहित हुण्डी कारेबारी पक्राउ

कार्तिक २२, काठमाडौँ । बीरगञ्जमा शुक्रबार बिहान प्रहरीले अवैध रकम सहित ३ हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।   

प्रहरीले अवैध १८ लाख नेपाली रकम सहित भारतिय नागरिक सुधीरकुमार, सहिद आलम र बिक्की कुमारलाई पक्राउ गरेको हो । 

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा भारतदेखी नेपाल आउँदै गरेको अवस्थामा  बिहान १० बजे वीरगञ्ज महानगरपालिका १६ रजतजयन्ती चोकबाट उनीहरूलाई  नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।   

प्रहरीका अनुसार पक्राउ परेका उनीहरुमाथी कारवाहीको लागि अनुसन्धान भईरहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *