फरवार्ड मैत्रिपूर्ण फुटबल खेलमा प्रदेश १ विजयी

कात्तिक १५, दुहवी । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको आयोजनामा एक दिने मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ ।
फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड प्रदेश नं. १ र २ अन्तरगतका कार्यालयका कार्यालय प्रमुखहरुको मैत्रीपूर्ण फुटबल प्रतियोगिता आज भएको हो । मैत्रीपूर्ण फुटबल खेलमा प्रदेश नं. १ ले प्रदेश नं. २ लाई एकका बिरुद्ध दुई गोलले पराजित गरेको छ ।
निर्धारित ५० मिनेटको खेलमा पहिलो हाफको १४औं मिनेटमा प्रदेश नं. १ का तर्फबाट बासुदेव चौधरीले गोल गरेका थिए । त्यस पछी २२ औं मिनेटमा प्रदेश नं. २ का तर्फबाट रामानन्द चौधरीले गोल फर्काएका थिए ।

मध्यान्तर सम्म बराबरी रहेको खेलको दोस्रो हाफको १८औं मिनेटमा प्रदेश १ ले दोस्रो गोल गर्यो । प्रदेश नं. १ बाट दोस्रो गोल बासुदेव माझीले गर्दै खेल जिते ।
प्रतियोगिताका बिजेता तथा उप बिजेतालाई फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत आश नारायण चौधरीले शिल्ड तथा नगद पुरस्कार बितरण गरेका थिए ।
यस किसिमका मैत्रीपूर्ण फुटबल खेलले कर्मचारीहरुको खेल प्रतिभा प्रस्फुटन हुनुका साथै कर्मचारीहरु बीचमा आपसी सम्बन्ध बृद्धि हुदै जाने प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले बताए । खेलमा प्रदेश नं. २ का गोल किपरलाई म्यान अफ दी म्याच घोषणा गरिएको फरवार्डका प्रबन्धक बिनोद कुमार चौधरीले बताए ।








