चितवनमा आगलागी हुँदा ५० लाखकाे क्षती

कार्तिक २०, चितवन । बिहिबार बिहान चितवनको पदमपुरमा रहेकाे एक ईलेक्ट्रीक पसलमा आगलागी भएको छ । 

कालिका नगरपालिका वडा नम्बर २ लामा चोकमा रहेको पदमपुर ईलेक्ट्रीक एण्ड लाईट हाउसमा आगलागी भएको थियो ।कृष्ण चौधरीले संचालन गरेको पसलमा आगलागीबाट करिब ५० लाख मूल्यको सामानमा क्षति भएको प्रहरीले जनाएको छ । 

बिहान करिब ५ बजेतिर लागेको आगो एक घण्टापछि नियन्त्रणा आएको थियो । खैरहनी, भरतपुरबाट गएको दमकल र स्थानियको सहयोगमा आगो नियन्त्रणमा आएको हो । आगलागी हुनुको एकिन कारण खुल्न नसकेपनि विद्युत सर्टभई आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *