झापामा करेन्ट लागेर मामा भान्जाको एकै ठाउँ मृत्यु

कातिक १६, झापा । बुद्धशान्ति गाउँपालिका ४ मा आज करेन्ट लागेर मामा भान्जाको मृत्यु भएको छ । नवज्योति सामुदायिक वन समूहको कार्यालय छेउमा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । 

मृत्यु हुनेमा १८ वर्षिय अभिनास राई र भोजपुरबाट पाउना आएका उनका मामा अन्दाजी ३५ वर्षिय मनिराम राईको माछा मार्ने क्रममा हात्तिलाई लगाएको तारबाट करेन्ट सप्लाई भै मृत्यु भएको मृतकका दाई पेरिस कुमार राईले जानकारी दिएका छन् ।   

उक्त क्षेत्र हात्ती प्रभावित क्षेत्र भएकाले स्थानीयहरुले आ–आफ्नो जग्गामा विद्युतिय तार लगाउने गर्दछन् । सोही तारबाट करेन्ट सप्लाई भएर उनीहरुको मृत्यु भएता पनि आफुलाई तारमा विद्युत प्रवाह गरेको लगाएको विषयमा जानकारी नभएको नवज्योति सामुदायिक वन समुहका अध्यक्ष मानबहादुर साँवाले बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *