कमजाेर टिमसँग बराबरीमा राेकियाे बार्सिलाेना

कात्तिक २०, काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले स्लाभिया प्रागसँग गोलरहित बराबरी खेलेको छ । 

मंगलबार राति आफ्नै घरेलु मैदान क्याम्प नाउमा भएको समूह ‘एफ’ को खेलमा बार्सिलोनाले स्लाभियासँग बराबरी खेलेको हो । राम्रो अवसर पाए पनि बार्सिलोनाले गोल गर्न नसक्दा अंक बाँढेको हो । 

पहिलो हाफमा गोलरहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा पनि गोल गर्न सकेन । 

त्यस्तै, यसै समूहमा भएको अर्को खेलमा भने जर्मन क्लब बोरुसिया डर्टमन्डले इटालियन क्लब इन्टर मिलानलाई ३–२ गोलअन्तरले पराजित गरेको छ । पहिलो हाफमा नै दुई गोल अन्तरले पछि रहेको डर्टमन्डले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो हाफमा तीन गोल गर्न सफल भयो । 

खेलको पाँचौं र ४० औं मिनेटमा गोल गर्दै इन्टर मिलानले २–० गोलको अग्रता बनाएको थियो । तर यो अग्रता दोस्रो हाफमा कायमै राख्न भने सकेन । खेलको ५१ औं, ६४ औं र ७७ औं मिनेटमा गोल गर्दै डर्टमन्डले इन्टर मिलानलाई ३–२ गोलको जित हात पारेको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + one =