स्कुल प्रिन्स एण्ड प्रिन्सेसको फाइनल राउण्ड शनिबार

कातिक २१,विराटनगर ।  “सिप र संस्कार सहितको सौन्र्दय” भन्ने मूल नाराका साथ गत असोज  २८ गतेबाट सुरु भएको स्कुल प्रिन्स एण्ड प्रिन्सेस मोरङ २०१९ को फाइनल शनिबार हुने भएको छ ।  २७ जना प्रतियोगीहरु सहभागिता हुने  उक्त फाइनल राउण्ड  विराटनगरस्थित वीरेन्द्र सभा गृहमा  हुने आयोजक टिमले जनाएको छ ।   

हाउस अफ मिडिया एण्ड ईन्टरटेण्टमेन्टको आयोजनामा सुरु भएको प्रतियोगितामा सहभागीहरु  यतिबेला बन्द प्रशिक्षण्मा  छन् ।  उनीहरुलाई विभिन्न विषयमा रहेर व्यक्तित्व विकासदेखि, सामाजिक कार्यको बारेमा विज्ञहरुबाट प्रशिक्षण दिईदै छ ।   

प्रतियोगीका बिजेताले ३० हजार नगदसहित जीवन बिमा साथै आर्कष उपहार प्राप्त गर्नेछन् । फस्ट रनरअपले क्रमशः १६ हजार र १२ हजार  नगद पुरस्कार प्राप्त गर्ने  आयोजक संस्थाका प्रबन्धक निर्देशक अर्जुन श्रेष्ठले जानकारी दिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *