दोस्रो अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सुन र हिराबाट बनेको ट्वाइलेट प्रर्दशन

  

  

कार्तिक २२, चीन ।  चीनका राष्ट्रपति सि जिङ पिङद्वारा उद्घाटन गरिएको दोस्रो अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सुनको ट्वाइलेट प्रर्दशनमा राखिएको छ । जसमा ४०८१५ वटा हिरा जडान गरिएको छ । भने उक्त ट्वाइलेटलाई हङकङको अरोन शुम ज्वेलरी फर्मका कोरोनेटले डिजाइन गरिएको हो । 

ट्वाइलेटको सिटमा हिरा जडान गरिएको छ । भने सिटमा बुलेट प्रुफ सिसा राखिएको छ । ४०८१५ वटा हिराको तौल ३३३.६८ क्यारेट रहेको छ ।  गहना फर्मका अनुसार ट्वाइलेटमा सबैभन्दा धेरै हिरा जडान गर्ने योजना रहेको छ । र, उक्त ट्वाइलेटलाई गिनी वल्र्ड रेकर्डमा दर्ता गर्ने योजना पनि रहेको छ ।   

४०० क्यारेट हिराको गितार 

उक्त एक्स्पोमा हिरा जडित गितार पनि राखिएको छ । गितारको तौल ४०० क्यारेट रहेको छ भने उक्त गितारको मूल्य १४ करोड भन्दा बढी रहेको छ । यसैगरी, एक्स्पोमा हिराजडित जुत्ता पनि राखिएको छ । जुत्ताको मूल्य ३० करोड रहेको छ ।  एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *