सल्यानमा जिप दुर्घटनाः २ को मृत्यु ८ घाइते

कार्तिक २८, सल्यान । बिहिबार सल्यानमा जिप दुर्घटना भएको छ । सल्यान त्रिवेणी गाउँपालिका ४ को बडागाउँमा  उक्त जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ  भने ८ जना घाईते भएका छन् ।   

सल्यान त्रिवेणी गाउँपालिका ४ फालावाङकी ६० वर्षीया कृष्णा देवी परियार र ५९ वर्षीया यज्ञी थापा साे जिप दुर्घटनामाको मृत्यु भएको हो । 

दुर्घटनामा परी गम्भिर घाईते भएका परियार र थापाको  उपचारको क्रममा अञ्चल अस्पताल तुल्सीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  फलाबाँगबाट दाङको तुलसीपुर जाँदै गरेको उक्त  जीप बडागाँउ नजिकै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी  घाइते हुनेमा जीप चालक २८ वर्षीय सन्दीप परियार, २३ वर्षीया रिता रावत, ८ वर्षीया ज्योती रावत, ५५ वर्षीया सावित्री खत्री, २२ वर्षीया तारा थापा, २३ वर्षीया मोती रावत, २१ वर्षीया राधा बोहरा र तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ५ की २८ वर्षीया डिला बुढा रहेको प्रहरीले जनाएको छ ।   

घाइते सबै जनाको उपचार सोही अस्पतालमा भईरहेको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भईरहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =