अपडेटः चितवनमा पुरुषले भन्दा महिलाले बढि गरे मतदान


मंसिर १४, काठमाडौं । चितवनमा जारी उपनिर्वाचनमा ५८ प्रतिशत मत खसिसकेको छ । विहान ७ बजेबाट शुरु भएको मतदानमा दिउसो १ बजेसम्मका ५८ प्रतिशत मत खसेको बताइएको छ ।
मध्यान्न १२ बजेसम्म ४७ प्रतिशत मत खसेकोमा १ घण्टाको अन्तरमा ११ प्रतिशत मत खसेको मतदान अधिकृतहरुले जानकारी दिएका छन् । १ बजेको नतिजा अनुसार चितवनमा १३ हजार ३ सय ४२ मतदाता मध्ये ७७१२ जनाले मतदान गरिसकेका छन् । जसमा ४०३३ महिला मतदाताले मतदान गरेकोमा ३६७९ पुरुष मतदाताले मतदान प्रक्रियामा सहभागिता जनाएका छन् ।
चितवनको भरतपुर महानगरपालिका १६ र खैरहनी नगरपालिका ४ र ५ मा तत्कालिन वडाध्यक्षहरुको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । जिल्लामा शान्तिपूर्ण रुपमा निर्वाचन भईरहेको छ ।
null
तीन वटा बडामा ६ वटा मतदानस्थल र १५ वटा केन्द्र मार्फत मतदान भईरहेको छ । यी तीनवटै वडामा हुने उपनिर्वाचनमा १३ हजार ३ सय ४२ जनाले मतदान गर्ने छन् । मतदान आज साँझ ५ बजेसम्म कायम गरिएको छ ।
