सीमा बचाऊ अभियानबाट नेपालको नक्सा सार्वजनिक


काठमाडौं, ८ मंसिर । नागरिक समाजका तर्फबाट गठन गरिएको सीमाबचाऊ अभियानले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ । रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गरी अभियानको नक्सा समितिले नेपालको राजनीतिक नक्सा तयार गरी सार्वजनिक गरेको हो ।
नक्सा तयार गरेको विधिबारे जानकारी दिदै अभियानकाप्रा. डा. नरेन्द्र राजखनालले विज्ञका हिसाबले नदीको रखांकनगरिएको बताए । उनले भने, डिजीटल एलिभेसनमोडेलबाट रेखांकन गरेकाहौं । यही विधिबाट रेखांकनगरिएको जानकारी समेत दिए । नक्सा बनाउँदा काली नदीको मुहानबारे प्रष्ट पारिएको बताए ।
सीमा बचाऊ अभियानको नक्शा समितिका विज्ञ कोमलचन्द्र बरालले लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्सा तयार पारिएकाले यसलाई विश्वव्यापी बनाउने जानकारी दिए । उनले नक्सा तयार पारिएको विधि समेत उल्लेख गरे ।
नागरिक अगुवातथा सीमा बचाऊ अभियानका संयोजक भैरव रिसालले नेपालको नक्शाबारे घर घरमा चर्चा हुनुपर्ने बताए । उनले भने, हामीले अरुको जमिननलिने रहाम्रो जमिन अलिकति पनि नछोड्ने मूल सिद्धान्त हो । सार्वजनिक गरिएको नक्शासुगौली सन्धी अनुसारको भएको बताए । भारत तर्फबाट नेपाली भूभागमा गोलमालभएको कारण नयाँ नक्सा सार्वजनिकगर्नुपरेको उनको भनाई थियो ।
नापी विभागका पूर्व महानिर्देशक पुण्य दाहालले नक्सा सार्वजनिक गरेकोमा अभियानलाई धन्यवाद दिए । उनले कालीनदीको मुहानबारे प्रमाण रहेको भन्दै आफूहरुले पनि विगतमा यसमा काम गरेको सुनाए । उनले भने, हामीले गर्नुपर्ने काम तपाईंहरुले गर्नु भएकोमा धेरैधेरै धन्यवाद छ ।
पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले भारतले निकालेको नक्सालाई काउन्टर गननक्सा सार्वजनिक गर्नुपर्नेमा गरिएकोमा खुशी व्यक्त गरे । उनले भने, भारतको नयाँ नक्सालाई हामीले मिलेर प्रतिरोध गर्न आवश्यक ।
पूर्व सचिव तथा अभियानकर्ता डा. द्धारिकानाथ ढुंगेलले तयार पारिएको नक्शा नेपाल सरकारसम्म पुर्याउने जानकारी दिए । नक्शा तयार भएकाले सबै क्षेत्रमा पुर्याउनु पर्नेमाजोड दिए । संयुक्त राष्ट्रसंघ सम्म नक्सा पुर्याउनेबारे विचार गरिएको उनको भनाई थियो ।
