सुकुटे बस दुर्घटना अपडेटः ज्यान गुमाउनेको संख्या १० पुग्यो

२०७६ कार्तिक १७ गते

कार्तिक १७, काठमाडौं । सिन्धुपाल्चोकको सुकुटे नजिकै बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।
आइतबार दिउँसो दोलखाको मागा देउरालीबाट आउँदै गरेको बा२ख ७२७५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटे नजिकैबाट सुनकोशी नदीमा खसेर दुर्घटना भएको हो । १० जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
केही शवहरु खोलाले बगाएको छ। मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ । बसमा ४० बढी सवार थिए।
अहिले उद्धार कार्य जारी छ। घाइतेलाई सिन्धु सहावहार अस्पताल र गम्भीर घाइतेलाई काठमाडौँ ल्याइएको छ ।
घटनाको विस्तृृत विवरण आउन बाँकी छ ।

२०७६ कार्तिक १७ गते
प्रतिक्रिया