न्युजिल्याण्डमा एकाबिहानै आएको भूकम्पमा हजारौँ विस्थापित

मंसिर ८, न्युजिल्याण्ड । न्युजिल्याण्डमा आज (आइतबार) बिहानै ५.९ म्याग्नीच्युडको भूकम्प गएको छ ।   

स्थानीय समयअनुसार बिहान ५ः३४ बजेको समयमा भूकम्प आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । सो भूकम्प केन्द्रविन्दु समून्द्रको १ सय १५ किलोमिटर तल रहेको जनाइएको छ । 

प्राप्त जानकारी अनुसार भूकम्पपछि त्यहाँका ५ हजार मानिसहरु विस्थापित भएका छन् ।   

Image result for भूकम्प

भूकम्पका कारण कति जनाको मृत्यु भयो र अन्य के कति क्षति भयो भन्ने विवरण प्राप्त भइसकेको छैन ।   

भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी गरेको बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *