गोही रिसेप्सनिस्ट बनेपछी

२०७६ मंसिर १० गते

मंसिर १० । अमेरिकी हास्यकलाकार क्रिस डेलियाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा र्याम्बो नामक गोहीको तस्वीर अप्लोड गरेपछि त्यसको चर्चा चुलिएको छ। ‘वाउ, गोहीले तपाईंको जागिर खाइदिने नै भयो,’ डेलियाले क्याप्सन लेखे । शुक्रवार शेयर गरिएको तस्वीरले ६४ हजार लाइक पाइसकेको छ र यो अझै बढ्दैछ।
गोहीले पाइन्ट लगाएको छ कि छैन होला भन्ने अनुमान गरेर मानिसहरू चर्चा गरिरहेका छन्। यो पुरानो तस्वीर हो र यसलाई पहिले रेड्डिट र ट्विटरमा शेयर गरिएको थियो।
अमेरिकाको फ्लोरिडामा बस्ने मेरी थोर्न नामक महिलाले र्याम्बो पालेकी हुन् । सन् २०१६ मा उनले गोही राख्न पाउने गरी मुद्दा जितेकी थिइन् । मुद्दा चल्दै गर्दा उनले उक्त गोहीलाई मानिस जस्तै गरी हुर्काएको र उसले कसैलाई पनि नटोकेको एसोसिएटेड प्रेसलाई बताएकी थिइन्। एजेन्सी

२०७६ मंसिर १० गते
प्रतिक्रिया
सम्बन्धित