के यस पटक बार्सिलोनाले कुनै ट्रफी जित्नै नसक्ने अवस्थामा छ त ?

कात्तिक २०, काठमाडौं । स्पेनिस बार्सिलोना यस पटक आफ्नो पुरानो लयमा छैन । पाँच पटकको च्याम्पियन्स लिग विजेता टोलीमा स्ट्राइकर मात्र हैन मिडफिल्डर, डिफेन्डरमा समेत समस्या देखियो । कप्तान लियोनल मेस्सीको प्रदर्शन वाहेक अन्य स्ट्राइकरको प्रर्दशन फिक्का भयो । मेस्सीले समेत पाएको मौकाको सदुपयोग गर्न सकेनन् । 

उसमान डेम्बेले, एन्टोनी ग्रिजमेन, भिडाल, अन्सु फाती, जोर्डि अल्बा समेत चलेनन् । लुइस स्वारेज घाइते भएर बसेको महत्वपूर्ण खेलमा बार्साले सुरुवात बाटै आफ्नो तर्फ बल पोजिसन राख्न सफल भएपनि गोल गर्न नसक्दा बराबरीमा चित्त बुझायो ।   

बराबरीले बार्साको च्याम्पियन्स लिगमा अर्को चरण प्रवेश गर्ने बाटो असहज बनाएको छ । यद्यपी बार्सासँग अझै दुई खेल बाँकी छ । बाँकी दुई खेलमा सहज जित निकालेर अर्को चरणमा पुग्न बार्सिलोनालाई हिजोको जस्तो प्रर्दशनले ठूलो असर गर्ने देखिएको छ । किनभने, अबको दुई खेल बार्सिलोनाले ठूला टोलीसँग प्रतिष्पर्धा गर्नुपर्नेछ । अब बार्साले जर्मन क्लब बोरुसिया डर्टमुन्ड र इटालियन इन्टरमिलानसँग प्रतिष्पर्धा गर्नुपर्नेछ । त्यसमा एउटा खेल होम ग्राउण्डमा त अर्को अवे मैदानमा । तुलनात्मक रुपमा बार्सिलोना अवे मैदानमा कमजोर देखिएको छ । त्यसमाथि हिजो होम ग्राउण्डमा लिगकै कमजोर टीमसँग बराबरी खेल्नु प्रशिक्षक अर्नेस्टो भाल्भर्डेको लागि ठूलो चिन्ताको विषय हो । यदी हिजो बार्सा पराजित भएको भए भाल्भर्डेको पद समेत जाने देखिएको थियो । यद्यपी, उनी सुरक्षित भने पक्कै छैनन् । 

Image may contain: 1 person, playing a sport, stadium and outdoor

बार्सिलोना क्याम्प नोउमा कमजोर टीम स्लाभिया प्रहासँग बराबरीमा रोकिनुमा स्लाभियाको डिफेन्सिभ खेल र गोलरक्षकको मुख्य भूमिका छ । लिगको पुछारमा रहेको टोलीले बार्सालाई आफ्नै घरमा बराबरीमा रोक्नु चानचुने थिएन । त्यसैलेपनि होला बराबरीको नतिजापछि स्लाभियाका खेलाडीहरुले एकापसमा अंकमाल गरेरै खुसी साटे । क्याम्प नोउमा आएका ७८ हजार बढि बार्सा फ्यान पनि स्लाभियाको प्रर्दशनबाट सन्तुष्ठ भए । बार्साको खेलबाट निराश भए । 

  

हिजोको खेलमा बार्साले प्रहार गरेको १४ सट खेर गए । ६३ प्रतिशत बल पोजिसन लिएको बार्सिलोनाका खेलाडी विच तालमेलमा ठूलो समस्या देखियो । बार्साका मिडफिल्डर र स्ट्राइकर विच तालमेल भएन । डिफेन्स लाइनमा पिके, फ्रेङकी डेजोङ, सर्जियो बुस्केट्स, सर्जि रोबर्टसले स्लाभियाका खेलाडीलाई रोक्न धेरै मेहनत गर्नुपर्यो । स्लाभियाले रक्षात्मक खेल पस्किएपनि बल पाउँदा काउन्टर एट्याक गर्न छोडेन ।   

ला लिगामा शनिबार लेभान्टेसँग पराजय ब्यहोरेको बार्सिलोना च्याम्पियन्स लिगमा पनि कमजोर हुनु टीमका लागि ठिक हैन । त्यहि भएर हिजोको बराबरीपछि मेस्सीले आफुहरु विच तालमेल नभएको प्रतिकृया दिए । बार्सा प्रशिक्षक भाल्भर्डेको आलोचना हुँदा मेस्सीले आफुहरुले नै कमजोर खेलेको स्विकारे ।   

बार्साको हिजोको बराबरी फेब्रुवरी २०१८ पछि नोउ क्याम्पमा भएको पहिलो बराबरी हो ।   

हिजोको खेलको नतिजापछि बार्सा समर्थकले भाल्भर्डेको राजीनामा समेत माग्न थालेका छन् । केहि फुटवल पण्डितहरुले त बार्सालाई ला लिगा समेत जित्न सक्दैन भनिरहेका छन् । उनीहरुले बार्सिलोना एकाध वर्षयता एउटै खेलाडीको भरमा चलेको भन्दै लियोनल मेस्सीमाथि मात्र बार्साले भर पर्न नहुने सुझाव दिएका छन् । ‘लालिगा, च्याम्पियन्स लिग दुई तिरै मेस्सी विनाको बार्सा लड्खडाएको छ । मेस्सीको बढ्दो उमेर हेरेर उनलाई साथ दिन त्यस्तै खेलाडी आवश्यक छ, जसको पुर्ति ब्राजिलियन नेइमारले मात्र गर्न सक्छन् ।’ फुटवल पण्डितको विष्लेषण छ । धेरैले बार्सालाई इतिहासकै कमजोर भनेका छन् ।  आर्सनलका पूर्व प्रशिक्षक आर्सेन वेंगरले त बार्साको खेलप्रति टिप्पणी गर्दै लिगको समुह चरणकै विर्सन लायक खेल भने । उनले बार्साको खेल सुस्त भएको, खेलाडीहरु लयमा नभएको जिकिर गरे । उनले बार्सिलोना अझैपनि मेस्सीकै भरमा रहेको भन्दै हरेक खेलमा मेस्सीले गोल गर्नैपर्ने भावनाबाट बार्सिलोनाका खेलाडी मुक्त हुनुपर्ने बताए । ‘तर मेस्सी जादुगर हैनन जो हरेक खेलमा जादु देखाउँछन् ।’ 

वेंगरको भनाइमा पनि सत्यता छ । चाहँदा नचाहँदै पनि बार्सिलोना पछिल्ला वर्षहरु धेरै मेस्सीको भर पर्र्नुपरेको छ । उसका अन्य खेलाडी औषत चलिरहेका छन् ।   

बार्सा ब्यवस्थापकले यहि बुझेर नै पिएसजीबाट नेइमारलाई फर्काउन अनेक उपाय लगाइरहेको छ । तर, नेइमार बार्सिलोना सजिलै आउन सक्ने अवस्था छैन । पिएसजीमा नेइमार कमजोर छन् तर, महंगो बजारले नेइमारलाई कसैले लिने दृढता गर्न सकिरहेका छैनन् ।   

तर, फुटवल पण्डितहरुले बार्सालाई कमजोर भनेपनि समग्रमा बार्सा त्यत्ति कमजोर भने छैन । दुई वर्षअघि पिएसजीको मैदानमा ब्यहोरेको हारपछिको नोउ क्याम्पमा निकालेको जित हेर्दा हुन्छ कि, बार्सिलोना कमब्याक जित निकाल्न कत्ति सफल छ । भलै पाँच वर्ष यता बार्सिलोनाले च्याम्पियन्स लिग जित्न सकिरहेको छैन । तर, बार्सिलोना सधै च्याम्पियन्स लिगको दावेदार नै हो । र, यसपटक पनि बार्साले कमब्याक जितमा शानदार प्रर्दशन नगर्ला भन्न सकिन्न । भाल्भर्डेले पनि बुझेका छन् । अबका खेलमा बार्साले गल्ती गर्नुहुन्न ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *