दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा १ को मृत्यु, ३ घाइते


कार्तिक २९, काठमाडौँ । शुक्रबार धादिङमा दुई मोटरसाइकल एक आपसमा ठोक्किंदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका ३ मलेखु पेट्रोल पम्पस्थित पृथ्वी लोकमार्गगमा बा ९३ प १७९३ नम्बरको मोटरसाइकल र लु ४४ प १४९९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर उक्त दुर्घटना हुन पुगेको हो ।
उक्त दुर्घटनामा परी गम्भिर घाइते भएका बा ९३ प १७९३ नम्बरको मोटरसाइकल चालक २५ वर्षीय अशोक मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धादिङ बेनिघाट रोराङ गाउँपालिका ३ घर भएको अशोकको उचारको क्रममा राजमार्ग अस्पताल मलेखुमा मृत्यु भएको हो ।
दुर्घटनामा परी घाईते हुनेमा धादिङको सिद्धलेक गाउँपालिका ६ का २१ वर्षीय सन्तोष श्रेष्ठ, रुपन्देहीको बुटवल नगरपालिका १३ का ३९ वर्षीय प्रदिप काफ्ले र बुटवलकै २९ वर्षीय अमिर न्यौपाने रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते तीनै जनालाई थप उपचारका लागि ट्रमा सेन्टर काठमाडाैँ पठाइएको छ ।
