सारंगी बादक हेमन्त कान्छा रसाइलीको ‘पिरती’ लाउने साइत किन टर्यो, भिडियो सहित

कुशल सारङ्गी बादक,स्रष्टा,तथा गायक हेमन्त कान्छा रसाईलीूको आकाशै ज्यानकोू बोलको नयाँ गीत हालै सार्वजनिक भएको छ ।
सांगीतिक बजारमा लोप हुँदै गएको मौलिक सृजनाहरुलाई जोगाउनु पर्छ भन्ने सोचका साथ अगाडि बढेका हेमन्त कान्छाले मौलिक नेपालीपन बोकेका केही फरक सृजनाहरु लिएर दर्शक स्रोतामाझ प्रस्तुत हुने गर्दछन् ।
यसपटक पनि उनै गायक हेमन्त कान्छाले निकैनै मर्मस्पर्शी माया प्रेमको भावनाले ओतप्रोत “आकाशै ज्यानको” बोलको गीतको म्युजिक भिडियो लिएर आएका छन्।

चर्चित यूवा गीतकार डी।पी। खनालको उत्कृष्ट मैलिक शब्द संयोजन र हेमन्त कान्छा रसाइलीको स्वर तथा संगीत र सन्जिब बराईलीको संगीत संयोजनमा तयार भएको यस गीतलाई हेमन्त कान्छा रसाइलीको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ।
अनिल के मानन्धरको निर्देशनमा गीतको भिडियोलाई निकै नै मेहनतका साथ अनिल स्वयंलेनै खिचेका छन्।मनोज कार्कीको सम्पादन रहेको भिडियोमा रमणीय सुन्दर बाताबरण, खोलानाला झरनाको दृश्यमा कलाकारहरु देवेन्द्र बब्लु सोनाम मगर, बिशाल घिमिरे र हेमन्त कान्छाको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।
हेर्नुस् भिडियो,








