३ दिनको मौसम विश्लेषणः आज धुम्मिएसँगै चिसो बढ्ने


मंसिर ४, काठमाडौँ । हाल देशको पहाडी भू–भाग र पश्चिमी तराई भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहेको छ । आज बिहान काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा धुम्मिएको छ । चिसो बढी धुम्मिएसँगै केही बढी महसुस भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंसिक बदली रहने छ। पुर्वी पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।
null
मंसीर ५ गते (बिहिबार)
दिउँसोः देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।
राति देशको पहाडी भू–भाग सहित पश्चिमी तराई भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।
मंसीर ६ गते (शुक्रबार)
दिउँसोः देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ।
रातिः देशको पश्चिमी र मध्य भुभाग लगायत पुर्वी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी तराईमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
