केशवप्रसाद पौडेलले मानव सेवा आश्रममा पुगेर मनाए आफ्नो जन्मदिन


मंसिर ७, विराटनगर । बिग होटल विराटनगरका जनरल मेनेजर केशवप्रसाद पौडेलले आफ्नो ३२ औँ जन्मदिन मानव सेवा आश्रममा मनाएका छन् । विराटनगरस्थित मानव सेवा आश्रममा शुक्रबार आश्रममा आश्रित बुवाआमालाई खाना खुवाएर जाडोका लागि न्यानो कपडा वितरण गर्दै जन्मदिन मनाएका हुन् ।
विगतका वर्षहरुमा पनि वृद्ध आश्रम, बाल आश्रममा जन्मदिन मनाउँदै आएको बताउने पौडेलले यो वर्ष मानव सेवा आश्रममा जन्मदिन मनाएको बताए । मानव सेवा आश्रमले सडकमा जीवन विताउँदै आईरहेका मानिसहरुलाई सेवा पु¥याउँदै आईरहेको छ । उक्त आश्रमले अर्धचेत अवस्थाका आमाबुवा साथै दुई जना वच्चाहरुको हेरचाह गर्दे आएको छ ।
आगामी दिनमा मानव सेवा आश्रमले प्रदेश १ लाई सडक मानव मुक्त क्षेत्र घोषणा गर्ने प्रतिवद्धता लिएर अगाडि बढीरहेका बेला आफ्नो उक्त आश्रममा आश्रित आमाबुवाहलाई खुशी बनाउने उद्देश्यले जन्मदिन आश्रममा मनाएको पौडेलको भनाई छ ।
पछिल्लो समय जन्मदिन मनाउने शैली फरक भएको छ । हजारौँ खर्च खर्चिएर रेष्टुरेन्ट होटलमा पार्टी दिने प्रचलन रहेको छ । त्यहि खर्च सामाजिक कार्यका लागि खर्चिँदा समाजमा राम्रो सन्देश जाने भएकाले आश्रममा जन्मदिन मनाएको विग होटेलका मार्केटिङ मेनेजर नरेश कुमार श्रेष्ठले बताए ।
उक्त कार्यक्रममा विराट व्यापार संघका अध्यक्ष सुजन थापा, समाजसेवी मन्जिता उपाध्याय, साथै विग होटल परिवारको सहभागिता रहेको थियो ।
जन्मदिनको अवसरमा पौडेलले मानव सेवा आश्रमका वृद्धवृद्धालाई न्यानो कपडा, साथै खाद्यन्न, वितरण गरेका छन् भने सोही अवसरमा युवा उद्यमी अमृत मेहेताले आश्रमलाई ५० हजार सहयोग गरेका छन् ।
