कोहलपुरबाट ‘विप्लव’ समूहका जाजरकोट इञ्चार्ज पक्राउ

कार्तिक २९, काेहलपुर । बिहिबार राती प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जाजरकोट इञ्चार्जलाई पक्राउ गरेको छ ।  

 पक्राउ पर्नेमा  जाजरकोट नलगाड नगरपालिका–५, रघुनाथ बस्ने ४२ वर्षका वली रहेको प्रहरीले जनाएको छ ।  पूर्वमाओवादी लडाकुसमेत रहेका ओलीलाई प्रहरीले लुकिछिपी बस्दै गरेको अवस्थामा कोहलपुर–२, सालको बुटा भन्ने स्थानबाट पक्राउ गरेको हो । 

उनीमाथी चन्दा आतङ्क, एनसेल टावर आक्रमण र वडा कार्यालयमा आगजानी गरेको जस्ता बिभिन्न आरोप  लागेको प्रहरीले जनाएको छ ।   

Image result for ‘विप्लव’

पक्राउ परेका ओलीलाई कारवाहीको लागि आवश्यक अनुन्धान भईरहेको कोहलपुर प्रहरीले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *