नेपाल र एमसीसीबीचको तीन दिवसीय क्रिकेट सुरु, नेपाल फिल्डिङमा

कात्तिक २०, एजेन्सी । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल र इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लब एमसीसीबीच तीन दिवसीय क्रिकेट सुरु भएको छ । खेलमा नेपालले टस जितरे पहिला फिल्डिङ रोजेको छ । नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, पवन शर्राफ, विनोद भण्डारी, करण केसी, ललित राजवंशी, राजु रिजाल, सन्दीप लामिछाने, सोमपाल कामी र शरद भेषावकर रहेका छन् ।   

एमसीसीको टीममा भने नेपाल आएको एमसीसीको टिममा जिम्मी एडम्स (कप्तान), यासिर अराफात, बिली गोड्लीमन, विल रोड्स, क्रिस राइट्, टोम वेस्ट्ले, एलेक्स स्पेन्सेर, एलेक्स थमसन, कालुम ज्याक्सोन, ओलिभर हानोन डाल्बे, इड योङ, मिल्स हामोड, विल भेन्देरस्पेर रहेका छन् ।   

यस्तै टिममा चार जना अफिसियल रहेका छन् । जसमा म्यानेजरमा रिचार्ड ग्रेटोरेक्स, प्रशिक्षकमा ओइन डोकिन्स, अम्पायरमा जेफ इमेन्स, स्कोरर एलान जोन्स छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *