निर्मला हत्या काण्डमा तरङ्ग पैदा गर्ने पत्रकार भण्डारी पक्राउ


मंसिर ३, कञ्चनपुर । निर्मला हत्या काण्डमा जथाभावी सामाजिक सञ्जालमा लेखेर अफबाह फैलाएर तरङ्ग पैदा गर्ने पत्रकार खेम भण्डारीलाई पक्राउ गरिएको छ ।
मंगलबार दिउँसो भण्डारीलाई जिल्ला अदालत कञ्चनपुरले सुनाएको फैसलाअनुसार उनलाई एक घन्टा जेल र एक रुपैयाँ जरिवानाका लागि पक्राउ गरिएको प्रहरीले जानकारी दिएका छन्।
कञ्चनपुरमा बलात्कार पछि हत्या भएकी किशोरी निर्मला पन्त प्रकरणमा अदालतको अवहेलना गरेको ठहर गर्दै गत असार ३० गते ‘तुच्छ सजाय’का रुपमा उनलाई अदालतले एक रुपैयाँ जरिवाना र एक घण्टा जेलको सजाय तोकिएको थियो।
हाल उनलाई जिल्ला कारागार पठाइएको र उनले एक रुपैयाँ जरिवाना समेत तिरी सकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आज आफै अदालतमा उपस्थित भएका भण्डारीले कञ्चनपुर प्रहरीले आफूविरुद्ध हालेको अबहेलना मुद्दामा भएको फैसलामा पुनरावेदनको समेत मौका नदिइ पक्राउ गर्न निर्देशन दिएको भन्दै आपत्ति समेत जनाएका थिए ।
