आर्यनको ‘च च हुई’ हलिउड र बलिउड चलचित्रको बीचमा

मंसिर ६, काठमाडौँ । फ्राईडे रिलिजमा आजबाट देशभर नायक आर्यन सिग्देल र  नायिका मिरुना मगरकाे मुख्य भूमिका रहेको चलचित्र ‘च च हुई’ प्रदर्शनमा आउनुको साथै शोलो रिलिज पाएको छ । 

बलिउड र हलिउड चलचित्रसँग प्रतिस्पर्धामा उत्रेको ‘च च हुई’ ले नेपाली चलचित्रको तर्फबाट शोलो रिलिज पाएको  हो ।   

रोमान्टिक कमेडी जनरामा निर्माण गरिएको यस चलचित्रमा  नायक आर्यन  र  नायिका मिरुनासँगै भोलाराज सापकोटा, माउत्से गुरूङ, पुष्कर गुरूङ, बबिता मल्ल लगायत कलाकारको अभिनय देख्न पाईने छ ।   

Image result for ‘च च हुई’

साम्तेन भुटियाले निर्देशन गरेको यस चलचित्रमा विदेशमा काम गरिरहेका २ यूवालाई एउटा किताबले ल्याउने उतारचढावको कथामा चित्रण गरिएको छ ।   

एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेको यस चलचित्रमा सुजन दाहालको लेखन, राजनराज शिवाकोटीको संगीत, शिशिर खत्रीको कोरियोग्राफी, किशोर नेपालको कला निर्देशन र सुसन प्रजापतीको छायाँकन रहेको छ ।   

बलिउड चलचि ’पागलपंथी’ र हलिउड फिल्म ‘फ्रोजन–२’ र ‘फोर्ड भर्सेजसँग प्रतिस्पर्धा गर्नुपर्ने र मल्टिप्लेक्समा न्यून शो पाएको यस चलचित्रले कतिको सफलता हात पार्न सक्ने हाे त्याे त दर्शकमा भर पर्ने कुरो हो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *