गल्कोटको जंगलमा ३ जनाको शव भेटियो

२०७६ कार्तिक १७ गते

कात्तिक १७, बागलुङ्ग । बागलुङ्गको गलकोट नगरपालिका र गुल्मीको चन्द्रपुर गाउँपालिकाको सिमानामा रहेको जंगलमा शनिबार दुई बालबालिकासहित तीन जनाका शव भेटिएको छ ।
चन्द्रपुर–३ पोखरीयाको जंगलमा तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक झवीन्द्र भट्टराईले जानकारी दिए । अन्दाजी २६ वर्षीया महिला, सात वर्षीय बालक र पाँच वर्षीया बालिकाको शव भेटिएको हो । स्थानीयले घाँस दाउरा गर्ने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शवकोे पहिचान खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भईरहेको डिएसपी भट्टराईले बताए ।
null

२०७६ कार्तिक १७ गते
प्रतिक्रिया
सम्बन्धित