कालापानीबारे नेताहरुको ऐकेवद्धता, कुटनीतिक वार्तामार्फत नेपाली भूमि फिर्ता गरिने, बाबरी मस्जिद भएको स्थान हिन्दुलाई

कात्तिक २४, काठमाडौँ । राजधानी काठमाडौँबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रपत्रिकाहरुले प्रधानमन्त्रीले आह्वान गरेको सर्वपक्षीय बैठकको निर्णयलाई प्रमुख समाचारका रुपमा फ्रन्ट पेजमा छापेका छन् भने भारतको सर्वोच्च अदालतले अयोध्यामा राममन्दिर बनाउने गरि गरेको फैसलालाई पनि आजको पत्रपत्रिकाले प्राथमिकताका साथ फ्रन्ट पेजमा छापेका छन् ।   

आजको राजधानी दैनिकले शनिबार बसेको सर्वपक्षीय बैठकमा भएको सहमतिलाई आफ्नो प्रमुख समाचार बनाएको छ । ‘सीमा विवाद समाधानमा अभूतपूर्व राष्ट्रिय एकता, कुटनीतिक वार्तामार्फत नेपाली भूमि फिर्ता गर्नु पर्नेमा जोड’ शीर्षकमा समाचार छापेको छ । त्यस्तै ‘बहुचर्चित राममन्दिर–बाबरी मस्जिद विवादः बाबरी मस्जिद भएको स्थान हिन्दुलाई दिने फैसला’ शीर्षकमा अर्को समाचार मुख्य रुपमा आजको राजधानी दैनिकले छापेको छ ।   

त्यस्तै गोरखापत्र दैनिकले ‘कालापानी बारे नेताहरुको ऐकेवद्धता, भारतसँग उच्चस्तरीय वार्ता गरिने’ शीर्षकमा सर्वपक्षीय बैठकको समाचार छापेको छ भने ‘सुरक्षा सतर्कताप्रति नेपाल गम्भीर’ शीर्षकमा अर्को समाचार प्रकाशन गरेको छ । त्यसैगरी ‘दलित आन्दोलनः उपलब्धि धेरै कार्यान्वयन कमजोर’ शीर्षकमा गोरखापत्र विशेष समाचार भनेर फ्रन्ट पेजमा छापिएको छ ।   

त्यसैगरी आजको नेपाल समाचारपत्रले सर्वपक्षीय बैठकको निर्णयसँगै ‘अयोध्या जग्गा विवाद फैसलाः नेपालगन्ज नाका सिल, हजारौँ अलपत्र’ शीर्षकको समाचारलाई पनि प्राथमिकताका साथ छापेको छ ।   

आजको नयाँ पत्रिका दैनिकले ‘गण्डकको दुःखः सिँचाइ भारतमा डुबान नेपालमा’ शीर्षकमा मुख्य समाचार छापेको छ भने सर्वपक्षीय बैठकको निर्णय र भारतीय सर्वोच्च अदालतले अयोध्यामा राम मन्दिर बनाउने भनि गरेको फैसलालाई पनि फ्रन्ट पेजमा स्थान दिएको छ ।   

अन्य समाचार फ्रन्टपेजमा यसरी छापिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *