कांग्रेस सांसद र नगर सभापतिबीच कुटाकुट

मंसिर ४, काठमाडौं । वीरगञ्जमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नगर सभापतिबीच कुटाकुट भएको छ ।   

बुधबार बिहान वीरगञ्जको आदर्शनगरस्थित बब्लु टी स्टल अगाडि कांग्रेस नेता ओमप्रकाश शर्मा र नगर सभापति भोला कलवारबीच कुटाकुट भएको हो । शर्मा प्रदेशसभा सदस्य समेत हुन् ।   

दुवै जनाले आ–आफ्नो दाबीसहित झडप भएको स्वीकारेका छन् । नगर सभागृहलाई नियम कानुन मिचेर होटल बनाइएको विषयमा विरोध गर्दा नगर सभापति भोला हातपातमा उत्रिएको शर्माको दाबी छ ।   

शर्मा वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत हुन् ।   

यता नगर सभापति भोला भने आफूलाई तल्लो स्तरको गाली गरेपछि हातपातमा उत्रन बाध्य भएको बताउँछन् । शर्मा गाली गलौजमा उत्रिएपछि लफडा भएको उनको भनाइ छ ।   

उनको टाउको र नाकमा सामान्य चोट लागेको बताइएको छ ।   

भोला वीरगञ्ज टाउन हलका सञ्चालक समेत रहेका छन् । उनले महानगरपालिकासँग २ वर्षका लागि लिजमा लिएर हल चलाउँदै आएका छन्।   

टेण्डरको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता भएको भन्दै लिज खारेज गर्न महानगरसँग कागजात माग गरेको छ।   

शर्मा पनि अनियमितता भएको भन्दै अख्तियारकै पक्षमा छन् । वीरगञ्जवासीको साझा सम्पति भएकोले न्यून शुल्कमा २२ वर्षको लागि लिजमा दिनु गलत भएको उनको भनाइ छ । 

यसैका कारण एकै पार्टीका दुईबीच मनमुटाव चल्दै आएको थियो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *