विराट मेडिकल कलेज शिक्षण अस्पतालमा हिप ज्वाइन्टको सफल प्रत्यारोपण

मंसिर १३, काठमाडौं । विराट मेडिकल कलेज शिक्षण अस्पतालमा पहिलो पटक हिप ज्वाइन्टको सफल प्रत्यारोपण गरिएको छ ।   

गत सोमबार मंसिर ९ गते विराट मेडिकल कलेज शिक्षण अस्पतालमा हाडजोर्नी रोग विशेषज्ञ डा. अजय महतोको नेतृत्वमा डा. मिथलेश गुप्ता, एनेशथेसिया विशेषज्ञ डा. कनक लगायतका टिमले हिप ज्वाइन्ट सफलताका साथ प्रत्यारोपण गरेको हो ।   

जटिल मानिने उक्त सर्जरी नेपालको पूर्वाञ्चलमा त्यति धेरै विकसित नभएका कारण अधिकांश विरामीहरु भारत लगायत अन्य ठुला देशहरुमा जाने गर्दछन् ।     

विरामीको समस्यालाई ध्यानमा राखेर विराट मेडिकल कलेज शिक्षण अस्पतालले उक्त सेवा सुरु गरेको हो ।   

सप्तरी निवासी उमेश प्रसाद साह लामो समय देखि एभिएन रोग बिग्रिएर थलिएका थिए । उनले दुई वर्ष अगाडी धरानमा दाहिने हिपको प्रत्यारोपण गराएका थिए तर उनी राम्रो सँग हिँड्न सकिरहेका थिएनन् । 

उनको दुवै हिप पूर्णरुपले बिग्रेको र ज्वाइन्टमा खाल्डो समेत भएकाले उनी वाकर र व्हील चेयरको साहारा लिन बाध्य बनेका थिए । 

तर विराट मेडिकल कलेज शिक्षण अस्पतालमा देब्रे हिप ज्वाइन्टको सफल प्रत्यारोपण पश्चात् उनी व्हील चेयर विना हिँड्न सक्ने भएका छन् ।   

हिप ज्वाइन्ट प्रत्यारोपणसँगै घुडाको प्रत्यारोपण र दुरविनद्धारा गरिने शल्यक्रियाका लागि भारतको दिल्ली स्थित एम्स हस्पिटलबाट विशेषज्ञता र फेलोसिप गरेका डा. अजय महतोको नेतृत्वमा उक्त सेवा विराट मेडिकल कलेज शिक्षण अस्पतालमा सुरु गर्न थालिएको हो ।   

के हो यो हिप ज्वाइन्ट ? 

बुढेसकालमा हुने आस्टिआर्थिटिक वा कुनै रोज जस्तै टिबि गाठीया बाथरोग, एभिएनका कारण घुँडा र हिप ज्वाइन्ट बिग्रन्छ  । 

पूर्णरुपले बिग्रँदै जाँदा बिरामीलाई हिँड्दा दुख्ने हुन्छ । यस्ता बिरामीलाई घुँडा वा हिप ज्वाइन्टको प्रत्यारोपण गरि कृतिम जोडको आवश्यकता हुन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *