आज बस्ने भनिएको अर्थ समितिको बैठक स्थगित

फाइल फाेटाे 

कार्तिक २८, काठमाडौँ । बिहिबार पनि संघीय संसद, अर्थ समितिको बैठक स्थगित गरिएको छ ।  समितिको सचिवालयका अनुसार कोरम नपुगेछी बैठक  स्थगित  गर्नुपरेको  हो । 

सिंहदरबारमा बिहीबार विहान ११ बजे बस्ने भनिएको बैठकमा उपस्थित हुनेपर्ने समितिका सदस्यहरु १ घण्टा पर्खिदा पनी अनुपस्थित भएपछी बैठक स्थगित गनुपरेको सचिवालयले जनाएको छ । 

बैठकमा समितिका सभापति कृष्णप्रसाद दाहाल तथा सदस्यहरु घनश्याम भुसाल, ज्ञानेन्द्रबहादुर कार्की, रामकुमार झाँक्रीलगायतका सदस्यहरुले १ घण्टा कुर्नु परेको थियो । 

आज हुने बैठकमा ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ माथि छलफल गर्ने बिषय रहेको थियो । यस अघी कार्तिक १९ गते बस्ने भनिएको उक्त बैठक पनि कोरम नपुगेकै कारण स्थगित गरिएको हो  ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *