पुरानाे तथा काम नलाग्ने सामानबाट यसरी घर सुन्दर बनाऔँ

मंसिर ४ ।  जब हामी नयाँ घरमा प्रवेश गर्छौ तब हामीहरुमा नयाँ किसिमको छुट्टै उत्साह हुन्छ । यसो हुनु त मानिसको स्वभाव नै हुन्छ । हामीहरु नयाँ कुरा अपनाउनुपूर्व नयाँ खुशी र उत्साह सिर्जना हुन्छ नै । त्यही उत्साहको समयमा हामी पुराना सामानहरुलाई फ्याँकेर नयाँ सामान किन्ने गर्छौं । तर, त्यो उत्साहको समयमा हामीले धैर्यता भने गुमाउनु हुँदैन । 

धेरै जनाका लागि पुराना सामानको व्यवस्थापन टाउको दुखाइको विषय बन्न सक्छ। तर, व्यवस्थापन गर्न जानेको खण्डमा कुनैपनि सामानहरु बेकारका हुँदैनन् । 

यसरी पुराना समानहरुको पुन प्रयोग गरौँ: 

Image result for कबाडी सामानबाटै घरलाई यसरी सजिलै आकर्षक बनाऊ

– सबैभन्दा पहिले काम नलाग्ने र सजावटमा काम लाग्ने किसिमका सामानहरु पहिचान गर्न सक्नुपर्छ । 

– पुरानो ब्याग: पुरानो भइसकेको र काममा नआउने ब्यागलाई फ्याँक्ने होइन । नयाँ लुक्स दिएर आफ्नो मन पर्ने किसिमको फोटो लगाएर भित्तामा सजाउन सकिन्छ । 

– काँचका बोतल: पुराना र फुटेका काँचका बोतल हामीहरु फाल्ने गर्छौं । यदि तपाईं चाहनुहुन्छ भने पुरानो भएको उन र फेबिकलको सहायताबाट हामीहरु यी बोतलहरुलाई नयाँ रुप दिनसक्छौं । 

– पुरानो दराज: बेकार भएर एउटा कुनामा फालिएको फूलदानी र एण्टिक पिसेजहरुलाई सफा गरेर थोरै मात्रामा डेकोरेट गरेर हामी यसलाई सजाउन सक्छौं । 

– पुरानो टायर: पुरानो भएर काम नलाग्ने टायरलाई नयाँ किसिमको एउटा रंग दिएर त्यसको बीचमा माटो हालेर पनि हामी नयाँ किसिमको सजावट गर्न सक्छौं । 

– पुरानो बाक्सा: भलै कसैले पनि पुरानो बाक्साको पुनः प्रयोगमा ल्याउन सकिँदैन भने यसलाई नयाँ लुक्स लिएर हामी प्रयोगमा ल्याउन सक्छौं । पुरानो बक्सामा पेन्टिङ गरेर हामी त्यसलाई एउटा घरको कुनामा सजाउन भने अवस्य सक्छौं । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *