पर्यटनमन्त्री योगेश भट्टराई बेलायत जाँदै

कात्तिक १५, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई बेलायत जाँदैछन् । गैर आवासिय नेपाली संघ बेलायतको आयोजनामा हुने नेपाल भ्रमण वर्ष २०२० को अन्तक्रियात्मक कार्यक्रममा सहभागी हुन मन्त्री भट्टराई बेलायत जाने भएका हुन् ।   

यहि नोभेम्बर ३ का दिन बेलायतको अस्लटरसट स्थित एम्पायर हलमा आयोजना हुने कार्यक्रममा मन्त्री भट्टराईले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको एनआरएनए यूकेले जनाएको छ । सरकारले एनआरएनएलाई भिजन २०२० को साझेदार संस्थाका रुपमा लिएकोले भिजन २०२० लाई सफल बनाउन एनआरएनए यूकेले कार्यक्रम आयोजना गरेको हो ।   

अन्तरक्रियात्मक कार्यक्रममा मन्त्री भट्टराईले सन् २०२० मा नेपालमा बेलायतबाट बढिभन्दा बढि पर्यटन भित्र्याउन कसरी सकिन्छ ? भन्ने विषयमा एनआरएनएका पदाधिकारीहरुसँग छलफल समेत गर्ने कार्यक्रम छ ।   

Image may contain: 1 person

सरकारले सन् २०२० लाई पर्यटन वर्षका रुपमा मनाउदैछ । सन् २०२० मा नेपालमा २० लाख पर्यटन भित्र्याउने सरकारको महत्वकांक्षी योजनालाई एनआरएनएले आफ्नो महत्वपूर्ण एजेण्डा बनाएर सरकारसँग हातेमालो गर्ने बताइसकेको छ । दशैं अगाडी नेपालमा सम्पन्न एनआरएनएको निर्वाचनमा समेत भिजन २०२० ले विशेष महत्व पाएको थियो । सोहि अनुरुप एनआरएनएका विभिन्न देशका कार्य समितिहरु भिजन २०२० लाई सफल पार्न लागि परेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *