एक दिने निःशुल्क स्तन क्यान्सर परिक्षण तथा तालिम सम्पन्न

कात्तिक ८, विराटनगर । विराट मेडिकल कलेज शिक्षण अस्पतालले मोरङ र सुनसरी जिल्लामा रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि एक दिने निःशुल्क स्तन क्यान्सर परिक्षण साथै सीप अभिवृद्धिका लागि स्वयम स्तन परिक्षण  सम्बन्धि तालिम दिएको छ ।   

अक्टोबर महिनालाई विश्वभर स्तन क्यान्सर विरुद्धको जनचेतना महिनाको रुपमा मनाउने भएकाले स्तन परिक्षण साथै तालिमको आयोजना गरेको  हो ।  

शुक्रबार आयोजित  उक्त तालिममा ३ सय महिला स्वास्थ्य स्वयमसेविकाको उपस्थिति रहेको थियो । क्यान्सरका उपचार विधि, स्वयम् स्तन परिक्षण विधिको विषयमा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ असिस्टेन्ट प्रोफेसर डा.सुलभ सापकोटाले प्रष्टयाएका थिए । कार्यक्रममा स्तन क्यान्सरका जाँच गर्ने विभिन्न विधिहरुको विषयमा वरिष्ठ प्याथोलोजिस्ट एशोसिएट प्रोफेसर डा. सन्तोष उपाध्यायले प्रष्ट्याएका थिए ।   

स्तन क्यानसरको अहिलेको अवस्था, सम्भावित कारणहरु, लक्षण तथा चिन्ह र हुनसक्ने जोखिमको विषयमा विराट मेडिकल कलेज शिक्षण अस्पतालका प्रोफेसर डा. सूर्य पराजुलीले सहजीकरण गरेका थिए । उनले कार्यक्रममा बोल्दै स्तन क्यान्सर समयमा नै पहिचान गर्न सके यसबाट हुने मृत्युलाई न्यून गर्न सकिने बताए । 

उनका अनुसार नविनतम उपलब्धि र उपचार उपलब्धता भए पनि मानिसहरु उपचार केन्द्र सम्म नआउनु स्तन क्यान्सर रोकथाम तथा उपचारको ठूलो चुनौती रहेको जिकिर गरे । 

कैयौं स्तन क्यान्सर भएका मानिसहरु अझै पनि समुदायमा लुकेर रहेको र उनीहरुलाई खुलेर कुरा गर्न सचेतना फैलाउन कार्यक्रमको आयोजना गरेको डा. पराजुलीको भनाई छ ।  आगामी दिनहरुमा विराट मेडिकल कलेज शिक्षण अस्पतालले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै स्तन क्यान्सरको जनचेतना बढाउने कार्यमा लाग्ने अस्पतालका प्रशासक पदम विनाडीले बताए ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *