चितवनमा ६ लाख पुरस्कार राशिको फुटबल प्रतियोगिता हुँदै

असोज २८, चितवन । चितवनको क्याम्पाचौरमा यहि असोज ३० गतेदेखि जेसीज विकास रनिङ शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ ।   

आयोजक नारायणगढ जेसीजले आज पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको छ । प्रतियोगिताका लागि मैदानको झार काट्नेदेखि प्याराफिट निर्माणको कामा सकिएको मूल संयोजक एवम् नारायणगढ जेसीजको अध्यक्ष विकासमान श्रेष्ठले बताए ।   

फुटबल हेर्नका लागि करिब एक हजार आठ सय दर्शक अटाउने प्याराफिट निर्माण गरिएको छ  । कात्तिक ९ गतेसम्म हुने प्रतियोगितामा राष्ट्रिय र स्थानीयगरि १० टिमको सहभागिता रहने छन् ।   

प्रतियोगितामा सशस्त्र प्रहरी बल, नेपाल आर्मी, नेपाल पुलिस, जावलाखेल युथ, संकटा, सरस्वती, युनाइटेड दार्जिलिङ, झापा ११, चितवन ११ र मकवानपुर ११ ले मात्रै सहभागिता जनाउने छन् ।   

प्रतियोगिताको विजेताले ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ, शिल्ड तथा उपविजेताले ३ लाख ३ हजार तीन सय ३३ रुपैयाँ, शिल्ड प्राप्त गर्ने पनि जानकारी दिइएको छ ।   

प्रतियोगिताको क्वार्टर फाइनलसम्म अवलोकनका लागि एक सय र दुई सय रुपैयाँको टिकट तथा सेमीफाईनल र फाईनल अवलोकनका लागि दुई सय र तीन सय रुपैयाँको टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =