धरानको उपनिर्वाचनमा संघिय लिम्बुवान मञ्चबाट इजमको उम्मेद्वारी घोषणा

कात्तिक ९, काठमाडौं । सुनसरी क्षेत्र नं. १ अन्र्तगत धरान उपमहानगरपालिकामा  मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्च सम्बद्ध संघिय लिम्बुवान मञ्च नेपाल पार्टीले उम्मेद्वार चयन गरेको छ । पार्टीले मञ्चले अमर इजमलाई मेयर पदको उम्मेद्वार घोषणा गरेको हो ।   

वरिष्ठ उपाध्यक्ष तथा निर्वाचन परिचालन समिति संयोजक ज्ञानबहादुर गुरुङले अमर इजमलाई मेयर पदको उम्मेद्वार घोषणा गरेको जानकारी दिए ।   

आज पत्रकार सम्मेलन मार्फत पार्टीका बरिष्ठ उपाध्यक्ष तथा निर्वाचन परिचालन समिति संयोजकले गुरुङले धरान उपमहानगरपालिका निवासी इजमलाई आगामी मेयरको उम्मेद्वार चयन गर्ने केन्द्रिय समितिको निर्णय सार्वजनिक गरे । इजम पार्टीमा सक्रिय कार्यकर्ता तथा नगर नेताको रुपमा परिचित ब्यक्ति हुन । उनी  विभिन्न सामाजिक संघ–संस्थामा समेत  आवद्ध छन् । 

सम्मेलनमा पार्टीका निर्वाचन परिचालन समितिका संयोजक गुरुङ नागरिक स्वतन्त्रतालाई अङ्कुश लगाउने गरी सरकार अनुदार लोकतन्त्रतर्फ उन्मुख भएको र प्रतिपक्ष अकर्मण्य र उदासिन भएकाले अवको विकल्प संघिय लिम्बुवान मञ्च भएकाले जीत सुनिश्चित भएको दावी गरे । 

स्थानीय सरकार गठनपछि सुशासन, विकास र समृद्धिको बाटोमा देशअघि बढ्ने जनताको अपेक्षा विपरित भ्रष्टाचार, नाफाखोर तथा युवा शक्ति देश छोड्नुपर्ने बाध्यता रहेकाले निर्वाचनमा मञ्चलाई नै जनताले रोज्ने उम्मेद्वारको रुपमा आफु अगाडी बढेको अमर इजमको भनाई थियो । 

उनले निर्वाचन आयोगले तोकेको सीमाभित्र रहेर स्वच्छ र पारदर्शी रुपमा निर्वाचनमा भाग लिने र आफना पार्टीको  स्पष्ट जित हुने आधारहरु समेत प्रस्तुत गरेर दावी गरेका थिए  ।   

उम्मेद्वार इजमले विगतमा नेतृत्व  गर्ने बिभिन्न पार्टीको नेतृत्व र अनुभवबाट आफु राजनीतिमा आएको बताउँदै आफनो जीत सुनिश्चित हुने दावी समेत गरे । उनले धरानको बिजयपुरलाई एक नं प्रदेशको राजधानी बनाउने, धरानलाई नाताबाद, कृपाबाद, भ्रष्टाचार, दुब्र्यसनी तथा बेरोजगार मुक्त सहर बनाउने प्रतिबद्धता ब्यक्त गरे ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *