नेपालमा सी जिनपिंगले कसलाई–किन दिए हड्डी भाँच्ने धम्की ?

असोज २७, काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमणको समयमा कठोर चेतावनी दिँदै ‘चीनलाई टुक्र्याउने प्रयास गर्नेको हड्डी धुलो बनाउने’ बताएका छन् । 

नेपालका प्रधानमन्त्री ओलीसँग शनिबार भेटघाटको क्रममा सीले उक्त भनाइ राखेका थिए । 

चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीले त्यो खबर सोही दिन प्रकाशित गरेको भए पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा सोमबार यसको चर्चा चलिहरेको छ । 

सिन्ह्वाका अनुसार सी जिनपिङले अत्यन्त कठोर भाषामा चीनलाई टुक्राउने प्रयास गर्नेहरुको हड्डी धुलो बनाइदिने धम्की दिएका थिए । 

नेपालका प्रधानमन्त्रीसँगको भेटघाटमा सीले भने, ‘यदी चीनको कुनै पनि हिस्सालाई टुक्राउने कोसिस गरियो भने तिनको हड्डी धुलो बनाइनेछ । यस्तो प्रयास सफल होला भन्ने सोचेर समर्थन गर्ने बाह्य शक्तिको दिवा सपनामात्र हुनेछ ।’ 

चीनका राष्ट्रपतिको यस चेतावनीलाई कयैन सन्दर्भमा हेरिँदैछ । नेपालमा सीको भ्रमणअघि तिब्बती स्वतन्त्रताको पक्षमा केही तिब्बती अभियानकर्मीले प्रदर्शन गर्ने प्रयास गरेका थिए । 

तिब्बती अभियानकर्मीहरुमाथि नेपाल सरकारले पहिले नै कारबाही अभियान चलाएको थियो । सी जिनपिङको यो बयानलाई यो सन्दर्भमा पनि जोडेर हेरिएको छ । साथै हङकङमा पछिल्लो चार महिनादेखि जारी विरोध प्रदर्शनसँग जिनपिङको बयानलाई जोडेर हेर्ने पनि थुप्रै छन् । 

आइतबार नै हङकङमा कयैन स्थानमा  निक्लियो । यस दौरान प्रहरी र प्रदर्शनकारीको झडप भयो । प्रदर्शनका क्रममा यातायात स्टेशन र चीन समर्थित पसलहरुमाथि आक्रमण भयो । 

प्रदर्शनकारीको कारण हङकङ मेट्रोका २७ स्टेसन बन्द रहे । प्रहरीको भनाइमा प्रदर्शनकारीहरुलाई तितर बितर बनाउनको लागि हल्का बल प्रयोग गरिएको थियो । त्यसक्रममा सप्तान्तको समयमा सामान खरिद गर्न निस्किएकामाथि आक्रमण भएको थियो र केही घाइते भएका थिए । 

यस सन्दर्भमा सीको चेतावनीबारे सी यिहोङ नामका एक प्राज्ञले साउथ चाइना मर्निङ पोस्टसँग बोल्दै भने, ‘हङकङको अवस्था निक्कै गम्भीर छ । सीको चेतावनी अमेरिका र ति सबैको लागि हो जो प्रत्यक्ष र अप्रत्यक्ष रुपमा त्यहाँ जारी अतिवादीको हिंसाको पक्षमा उभिएका छन् ।’ 

राष्ट्रपति जिनपिङले धम्कीमार्फत चीनको दृष्टिकोण मात्र स्पष्ट गरिदिएका छैनन्, चीनको आन्तरिक मामिलाबाट टाढा रहन अमेरिकालाई पनि चेतावनी दिएका छन् । 

हालै अमेरिकाको रिपब्लिकन पार्टीका सिनेटर टेड क्रूजले हङकङमा पुगेर प्रदर्शनकारीप्रति चीनको व्यवहारको आलोचना गरेका थिए । उनले चीनको व्यवहारलाई क्षेत्रीय शान्तिको लागि खतरा बताएका थिए । 

शी जिनपिंगको नेपाल भ्रमणले चीन र नेपालबीचको मित्रतालाई अझ गाढा बनाएको छ । भ्रमणका क्रममा दुवै देशबीच कयौँ दुई पक्षीय सम्झौताहरु भएका छन् । नेपालले पनि वन चाइना पोलिसीमा प्रतिबद्धता जनाएको छ ।   

सी जिनपिंगलाई बिदाई गरेपश्चात प्रधानमन्त्री केपी शर्मा ओलीले दुई देशको सम्बन्ध नयाँ उचाईमा पुगेको ट्वीटरमा उल्लेख गरेका थिए । नेपालले चीनको महत्वकांक्षी परियोजना वन बेल्ट वन रोडको पनि समर्थन गरेको छ । यद्यपी भारत यस परियोजनाको विरुद्ध छ ।   

सीको भ्रमणका क्रममा चीन र नेपालबीच २० सम्झौतामा हस्ताक्षर भएको थियो । -बीबीसी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *