आकाशमा उडिरहेको विमान तारमा झुन्डिएपछि…

असोज २६, इटाली । इटालीको आल्प्स पर्वतस्थित प्रातो वेलिनटिना स्की रिसोर्टको तारमा फसेर एक सानो विमान दुर्घटना भएको छ ।   

घटनाबाट विमानको एउटा पंखा भाँच्चिएको छ । तर विमान भने तल भुइँमा खस्न पाएको थिएन ।   

विमानमा सवार दुई मानिस एक पाइलट र अर्का यात्री तारमा झुन्डिएको विमानमा रेस्क्यु टिमलाई कुर्दै बसेका थिए । घटनाबाट पाइलटलाई सामान्य चोट लागेको छ ।   

जब विमान दुर्घटनाको खबर फैलियो तब इटालीका राष्ट्रिय गुफ तथा पर्वतीय बचाउ इकाइ ‘सीएनएसएएस’ले रेस्क्यु अपरेशन चलाएको थियो । त्यसपछि ६२ वर्षीय पाइलट र ५५ वर्षीया यात्रीलाई सकुशल उद्धार गरिएको छ ।   

–एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *