पार्कमा भेटियाे ट्रकः ट्रक भित्र ३९ जना मृत

कार्तिक ६, लण्डन ।  बेलायतको राजधानी लण्डन नजिकैको औद्योगिक पार्कमा रहेको एक ट्रकभित्र ३९ व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले बुधबार जानकारी गराएको छ ।  प्रारम्भिक अनुसन्धानपछि उक्त ट्रक बुल्गेरियाबाट बेलायत आएको उल्लेख गरिएको छ । 

ऐक्स प्रहरीका अनुसार लण्डनबाट पूर्वमा रहेको ग्रेजको पार्कमा भेटिएका सबै व्यक्तिलाई सोहीस्थलमा मृत घोषित गरिएको थियो । मृतकहरूमा ३८ जना बयस्क  र एक किशोर रहेको प्रहरीको प्रारम्भिक जानकारीमा उल्लेख छ । 

घटनामा सम्लग्नता रहेको आरोपमा २५ बर्षीय उत्तरी आयरल्याण्डका यूवकलाई प्रहरीले पक्राउ गरेको छ । एसेक्स प्रहरीका प्रहरी प्रमुख सुपरिक्षक एन्ड्रु मारिनरले एक विज्ञप्ति जारी गरी घटनाबारे भनेका छन्, ‘यो निकै दुःखद् घटना हो जसमा एकै स्थलमा ३९ व्यक्तिको मृत शरीर उद्धार गरिएको छ ।’ 

Image result for ट्रक भित्र ३९ जना मृत

‘घटनाबारे वास्तविकता खोज्न अनुसन्धान सुरू भइसकेको छ ।’ प्रहरीका अनुसार घटनाबारे स्थानीय एम्बुलेन्सले आफूहरूलाई बिहान १ः४० जानकारी गराएको र प्रहरी तत्काल उक्त स्थानमा पुगेको थियो । मारिनरले भने, ‘हामीले मृतकको परिचय खुल्नेगरी अनुसन्धान प्रक्रियालाई अघि बढाएका छौ । तर यो केही लामो हुनसक्नेछ ।’ प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा गाडी बुल्गेरियाबाट आएको विश्वास गरिएको छ । 

उत्तरपश्चिमी राज्य वेल्स जानका लागि ट्रक शनिबार बेलायती भूमिमा प्रवेश गरेको विश्वास गरिएको छ । प्रहरीले ट्रक (लरी) चालकलाई सुरक्षा नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ, मारिनरले बताए । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *