७३ हजारले अवलोकन गरे फेस्टिवल मार्केट, सुन्दर महर्जनले पाए मोटरसाइकल

असोज १४, काठमाडौं । दशैं, तिहार तथा छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै राजधानीको भृकुटीमण्डपमा असोज ९ गतेबाट सुरु भएको फेस्टिवल शपिङ मार्केट समापन भएको छ । 

पाँच दिनसम्म चलेको फेस्टिवल मार्केटमा सहभागि ७३ हजार अवलोकनकर्ता मध्ये सुन्दर महर्जनले बजाजको डिस्कभर मोटरसाइकल जितेका छन् । दशैं मेला समापनको दिनमा भएको गोला प्रथाबाट शर्मिला सप्लायर्सका सुन्दर महर्जनले बजाजको डिस्कभर बाइक जितेका हुन् । 

इभेण्ट सोलुसन प्रालिको आयोजनामा सञ्चालित फेस्टिवल शपिङ मार्केटमा घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, खाद्यान्न, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु राखिएका थिए । 

आयोजकले फेस्टिवल मार्केट अवलोकन गर्न पुगेका तथा सामान किन्नेहरुलाई दैनिक रुपमा आकर्षक उपहार बितरण गरेको थियो । मार्केटलाई काठमाडौं उद्योग वाणिज्य संघ, ललिपुर उद्योग वाणिज्य संघ र भक्तपुर उद्योग वाणिज्य संघले प्रवद्र्धन गरेका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *